निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

०२ माघ, काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ ।

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउँदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै आधिकारीक कांग्रेस गगन थापाको नेतृत्वले पाएको छ । अब कांग्रेस झण्डा र रुख चिन्ह गगन थापा पक्षधरको भएको छ ।

अब कांग्रेसका आधिकारीक सभापति गगन थापा भएका छन् भने उनकै नेतृत्वको समितिले कांग्रेस अघि बढाउने छ ।

साथै प्रत्यक्ष उम्मेदवार मनोनयन लगायतका काम पनि गगनकै नेतृत्वले गर्ने छ ।

यो सँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours