पल्टेको ग्यास बुलेट हटाउन नसक्दा पूर्व-पश्चिम राजमार्ग १३ घण्टादेखि अवरुद्ध

१५ पुष, काठमाडौँ । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-धन्सार सडक खण्डको लमाह पुल नजिक मंगलबार बिहान अचानक साढे ७ बजे ग्यास बुलेट पल्टियो । ग्यास बुलेट पल्टिएपछि पूर्व-पश्चिम राजमार्ग झन्डै १३ घण्टादेखि अवरुद्ध छ।

ग्यास बुलेट उठाउन ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोली नै खट्यो । तर बुलेट लिक भएका कारण उनीहरूको दिनभरिको प्रयास सफल हुन सकेन ।

रौतहट प्रहरीका अनुसार राजमार्गमा पल्टिएको ग्यास बुलेट उठाउने प्रयास दिनभरि नै जारी रहे पनि प्राविधिक कारणले ग्यास बुलेट उठाउन नसकिएको बताइएको छ ।

प्राविधिक टोलीले ग्यास बुलेट उठाउनका लागि धेरै प्रयास गरे पनि बुलेटबाट ग्यास लिक भएका कारण प्राविधिक टोलीको प्रयास सफल हुन सकेन । अझै पनि प्राविधिकहरू खटिरहेका छन् । तर पनि राजमार्गबाट ग्यास बेलुट तत्काल उठाउन सम्भव देखिएको छैन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours