०६ पुष, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट सिफारिस भएको छ।
फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ ९ बाट उनको नाम पहिलो नम्बरमा सिफारिस भएको सो पार्टीको क्षेत्रीय कमिटीले जनाएको छ ।
प्रत्यक्षतर्फ यस क्षेत्रको लागि ओलीसँगै ५ जनाको नाम सिफारिस भएको छ। जसमा इन्दिरा मिश्र, दिलीप कार्की, देवेन्द्र प्रधान र रघुराज राजभण्डारीको नाम सिफारिस भएको छ।


+ There are no comments
Add yours