नेप्से सामान्य अंकले बढ्यो, ४ अर्ब ५ करोडको कारोबार

०२ पुष, काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ५.७० अंकले बढेर २६२५.७० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३२ कम्पनिका ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ४ अर्ब ५ करोड ३७ लाख २० हजार ७८२ मा कारोबार भएको थियो । आज होटल्स, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बाराही हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २२ करोड ७८ लाखको कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको १३ करोड ७६ लाखको कारोबार भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours