आकस्मिक अवतरण गरेको विमानका यात्रुलाई अर्को विमानमा काठमाडौँ पठाइयो

१५ कात्तिक, बुटवल। भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेकाे श्री एयरलाइन्सका यात्रुलाई अर्को विमानबाट काठमाडौँ पठाइएको छ ।

शनिबार धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सकाे फ्लाइट नम्बर २२२ विमान काठमाडौँ नपुग्दै बिच बाटोमै हाइड्रो लिक फेलियर भएर गौतमबद्ध विमानस्थलमा अवतरण गराइएको थियो ।

सो विमानमा रहेका यात्रुहरूलाई अर्को विमानबाट काठमाडौँ पठाएको विमानस्थलका निर्देशक तथा प्रवक्ता श्यामकिशोर साहले बताए ।

आकस्मिक अवतरण गरिएको सो विमानका चालक दलका सदस्य र ८२ जना यात्रुहरूलाई अर्को विमानमा काठमाडौँ पठाइएको उनले बताए । काठमाडौँबाट प्राविधिक आएर समस्याग्रत विमानको मर्मत कार्य सुरु गरिएको प्रवक्ता साहले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours