काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम

१४ कार्तिक, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ।

एक सार्वजनिक सूचना जारी गर्दै महानगरले असोज २ गतेको काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरिएको उल्लेख गरेको छ।

अतिक्रमित जग्गा खाली गरेर मापदण्ड विपरीतका संरचना सात दिनमा नहटाए कारबाही गरेर खाली गर्ने महानगरको चेतावनी छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours