०२ असोज, काठमाडौं । जेनजी आन्दोलनका कारण देशभरका सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अनुसार १४६ नगरपालिका र ४० गाउँपालिकामा आगजनी , तोडफोड र अन्य भौतिक क्षति पुगेका छन् ।
नगरपालिका तर्फ :
देशभर २९३ नगरपालिका मध्ये ५३ मा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ।
७७ नगरपालिकामा आगजनी गम्भीर क्षति र ६९ मा तोडफोड मध्यम क्षति भएको छ।
१३ नगरपालिकामा सम्पर्क हुन नसकेको र १३० नगरपालिका पूर्ण सुरक्षित रहेको संघले जनाएको छ।
प्रदेश अनुसार आगजनीको विवरण :
मधेस – ३२
कोशी – १९
बागमती – १०
लुम्बिनी – ८
सुदूरपश्चिम – ५
गण्डकी – २
कर्णाली – १
तोडफोड ( मध्यम क्षति ) विवरण :
मधेस – २१
लुम्बिनी – १६
बागमती – ११
कोशी – ७
सुदूरपश्चिम – ६
कर्णाली – ५
गण्डकी – ३
सम्पर्क विहीन नगरपालिका :
सुदूरपश्चिम – ९
मधेस – ६
कोशी – २
गाउँपालिका तर्फ :
४६० गाउँपालिकामध्ये २२ वटा प्रशासकीय भवन पूर्ण रूपमा र १८ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ४१ वडा कार्यालय पूर्ण र ४३ आंशिक रूपमा, साथै १० जनप्रतिनिधिका घर पूर्ण र ३ आंशिक रूपमा क्षति पुगेका छन्।
कोशी प्रदेश :
प्रशासकीय भवनस् ९ पूर्ण, ५ आंशिक
वडा कार्यालयस् ३८ पूर्ण, २० आंशिक
जनप्रतिनिधिका घरस् २ पूर्ण, १ आंशिक
मधेस प्रदेश :
प्रशासकीय भवनस् ६ पूर्ण, १ आंशिक
वडा कार्यालयस् १ पूर्ण, १ आंशिक
जनप्रतिनिधिका घरस् ३ पूर्ण, १ आंशिक
बागमती प्रदेश :
प्रशासकीय भवनस् ४ पूर्ण, १ आंशिक
वडा कार्यालयस् ३ आंशिक
जनप्रतिनिधिका घर : १ पूर्ण, १ आंशिक
गण्डकी प्रदेश :
प्रशासकीय भवनस् ३ आंशिक
वडा कार्यालयस् १ आंशिक
जनप्रतिनिधिको घरस् १ पूर्ण
लुम्बिनी प्रदेश :
प्रशासकीय भवनस् १ पूर्ण, ३ आंशिक
वडा कार्यालयस् २ पूर्ण, ४ आंशिक
जनप्रतिनिधिको घरस् १ पूर्ण
सुदूरपश्चिम प्रदेश :
प्रशासकीय भवनस् १ पूर्ण, ५ आंशिक
वडा कार्यालयस् १३ आंशिक
जनप्रतिनिधिका घरस् २ पूर्ण
कर्णाली प्रदेश :
कुनै क्षति छैन
जेनजी आन्दोलनले स्थानीय तहका कार्यालयहरूमा ठूलो क्षति पुर्याएको छ । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले घटनाको निन्दा गर्दै दोषीहरूलाई छानबिन गरी कारबाही गर्न माग गरेका छन् । यसले स्थानीय सरकारको सेवा प्रवाहमा गम्भीर प्रभाव परेको बताइएको छ ।


+ There are no comments
Add yours