सेयर बजारको बन्द अवधि लम्बियो

२७ भदौ, काठमाडौं । सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ । नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै असोज २ गतेसम्म कारोबार बन्द रहने जनाएको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९० उपदफा १ खण्ड घ बमोजिम बजार ४ दिन बन्द गरिएको नेप्सेले जनाएको छ । यहीं व्यवस्थाअनुसार अर्को १ दिन बन्द अवधि थप्न सकिनेछ ।

ऐनको दफा ९० मा बोर्डको विशेष अधिकार समेटिएको छ । सोअन्तर्गत बुँदा नम्बर घ मा धितोपत्र बजारसँग परामर्श गरी बढीमा ५ दिनसम्म धितोपत्र बजार बन्द गर्न आदेश दिने व्यवस्था छ । यो व्यवस्थाअनुसार अधिकतम ५ दिन बजार बन्द गर्न सकिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours