सेनाको गेटमा जेनजीबीच चर्काचर्की : कोही हर्क, कोही बालेन, कोही सुशीला

२५ भदाै, काठमाडौँ । पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर नेपाली सेनाको जंगी अड्डा पुगेका जेन-जी युवाहरू विवादमा उत्रिएका छन् ।

प्रधानसेनापति अशोक सिग्देलसँग वार्ताका लागि पुगेका युवाहरू विभिन्न नाममा विवादमा उत्रिएका हुन् ।

सेनाको मुख्यालयको गेटमा जम्मा भएका युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद भएको हो ।

त्यहाँ धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ र काठमाडौँका मेयर बालेन्द्र साहको नाम लिएर भनाभनमा उत्रिएका हुन् । केही युवाहरूले अन्तरिम सरकार प्रमुखमा सुशील कार्की मान्य नहुने भन्दै नाराबाजी पनि गरेका छन ।

You May Also Like

More From Author

+ There are no comments

Add yours