उर्मिलाले जितिन् कांस्य पदक

०७ भदाै, काठमाडौँ । नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपअन्तर्गत एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेरसमूहमा कांस्य पदक जितेकी छन् ।

८ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण तथा लाओसकी सोमानिन फानोसिथले रजत जिते ।

उर्मिला एथलेटिक्स फिजिक्सकै ओपन क्याटेगोरीमा भने चौथो भएको अफिसियल दिनेश राजभण्डारीले जनाएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours