विद्युत प्राधिकरणको नाफामा गिरावट

०१ भदाै, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा प्राधिकरणले ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३७.३२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार “गत आर्थिक वर्षमा विदेशी मुद्राको भाउ, प्रशासनिक खर्चमा भएको वृद्धि, औषत विद्युत बिक्री मूल्यमा आएको कमी आदी कारणहरुले गर्दा नाफमा कमी आएको हो” । साथै “आगामी दिनमा नाफामा वृद्धि हुँदै जाने उनको दाबी छ ।”

गत आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट्रिय प्रणालीमा जडित कुल विद्युत क्षमता ३ हजार ५९१ मेघावाट पुगेको छ । यस अवधिमा नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ ।

यस अवधिमा राष्ट्रिय ग्रीडमा पहुँच झन्डै ९८ प्रतिशत जनसंख्यामा पुगेको छ, भने विद्युत चुहावट ०.४७ प्रतिशतले घटेको निर्देशक शाक्यको दाबी छ । गत आवमा प्राधिकरणको प्रणालीमा कुल २३४ मेगावाट विद्युत् उत्पादन क्षमता थप भएको छ । साथै, यो अवधिमा प्राधिकरणको कुल सम्पत्तिमा ६ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

कुलमान घिसिङको नेतृत्वमा प्राधिकरणले नाफा कमाउन थालेको थियो । तर, सरकारले उनलाई बर्खास्त गरेसँगै नाफमा केही कमी देखिएको तथ्यांकले देखाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours