२२ साउन, काठमाडौँ । काठमाडौंको हनुमानढोकामा रहेको प्रहरी भवन भत्काउने तयारीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह देखिएका छन् । जसका लागि उनले नेपाल प्रहरीका आइजिपी दीपक थापासँग यस विषयमा छलफल अघि बढाएका छन् ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आइजिपी थापा छलफलका लागि पुगेपछि मेयर शाह र नेपाल प्रहरीका आइजिपी थापाबीच मौखिक सहमति भएको छ। काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आइजिपी थापा छलफलका लागि पुगेका थिए।
अहिलेको जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय त्यतिबेला हनुमानढोकामा थियो। २०७२ सालको भूकम्पका कारण त्यहाँको भवन जीर्ण बनेको हो। त्यसपछि दुवै प्रहरी कार्यालयलाई अन्यत्र सारिएको थियो।


+ There are no comments
Add yours