०७ साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार २ एजुकेसनल कन्सल्टेन्सीलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।
विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–३१ मा रहेको एसएसएम कर्पोरेसन प्रालि र ब्रिज इन्टरनेसनल ग्रुप प्रालिलाई समान १–१ लाख रुपैयाँ जरिबाना तिराएको हो ।
अनुगमन क्रममा यी दुई एजुकेसनल कन्सलटेन्सीले दर्ता प्रमाणपत्र नराखेको, नवीकरण नगरेको र इजाजतपत्र नलिएको भेटिएको विभागले जानकारी दिएको छ ।
यस्तै विभागको टोलीले काठमाडौं महानगरपालिका–२२ को बाबा नेपाल एजुकेसन कन्सल्टेन्सी प्रालि, काठमाडौं–३१ को इन्टरनेसनल टेस्ट सेन्टर प्रालि, रोयल जापानिज ल्यांग्वेज एन्ड कल्चर सेन्टर प्रालि, फर्स्ट सोर्स एजुकेसनल कन्सल्टेन्सी प्रालि, नर्म एब्रोड स्टडी प्रालि र काठमाडौं–२२ को पायन ओभरसिज प्रालिलाई व्यावसायिक कागजात सहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने काठमाडौं–१० को लैनसिंह एजुकेसन प्रालिलाई सामान्य निर्देशन मात्रै दिएको छ ।
पछिल्लो समय विभागले दर्ता प्रमाणपत्र नराखेको, अनुमतिविना नै कन्सल्टेन्सी सञ्चालन गरेको र बिलबिजक जारी नगरेको भन्ने उजुरीपछि अनुगमन तीव्र पारेको छ ।


+ There are no comments
Add yours