साढे १० अर्बको ९ करोड किलो स्याउ आयो

०६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१-८२ मा नेपालले साढे १० अर्ब रुपैयाँको स्याउ आयात गरेको छ ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकले एक वर्षमा १० अर्ब ५५ करोड ७५ लाख ६९ हजार रुपैयाँको ९ करोड २ लाख ५३ हजार १ सय २५ किलो स्याउ आयात भएको देखाएको छ ।

उक्त परिमाणको स्याउ आयात हुँदा भन्सार विभागले २ अर्ब ११ करोड ६९ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ४४ करोड रुपैयाँको ८ करोड २१ लाख किलो स्याउ आयात भएको थियो । उक्त परिमाणमा स्याउ आयात हुँदा २ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours