घुस डिल अडिओ प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

३१ असार, काठमाडौँ । घुस डिल अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उनले केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

७८ करोड रुपैयाँ घुस डिल प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सोमबार उनलाई बालुवाटार बोलाएर चासो राखेका थिए । यद्यपि, उनी हिजोको मन्त्रिपरिषद् बैठकमा भाग लिएका लिएका थिए ।

केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।

उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइसकिएको छ । साथै, यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours