काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट २५ अर्ब ७६ करोड

२९ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आइतबार बसेको महानगरको १७ औँ नगरसभाको पहिलो बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

यसअघि मेयर बालेन्द्र शाहले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नु पर्ने भएपनि आन्तरिक विवादको कारणले बजेट समयमा आउन सकेको थिएन् । बजेट ल्याउन ढिलाइृ भएकोमा उपप्रमुख डंगोलले क्षमायाचना पनि गरेकी छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours