स्याङ्जामा सुन चोरी आरोपमा दुई पक्राउ

२२ असार, स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–६ मा भएको सुन चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चापाकोट नगरपालिका–४ स्थायी घर भई हाल वालिङ–६ बस्दै आएकी ३४ वर्षीया दिपा क्षेत्री र वालिङ नगरपालिका–९ बसोबास गर्ने ३२ वर्षीय दुर्गा बि.क. रहेका छन् ।

उनीहरुबाट चोरी भएको गहना पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार गएको १७ असारमा वालिङ–६ स्थित थानकुमारी पाण्डेको घरबाट आधा तोला बराबरको सुनले बनाएको दुईवटा पञ्चरत्ने बाला चोरी भएको थियो ।

थप अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई १० दिन हिरासतमा राख्न जिल्ला अदालत, स्याङ्जाबाट अनुमति पाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूले यसअघि पनि आसपासका क्षेत्रका घरमा पसेर मानिसहरूले लगाएका सुनका गहना चोरी गरेको भन्ने सूचना प्राप्त भएको भन्दै सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours