पिपुल्स पावरको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

२२ असार, काठमाडौं। पुल्स पावर लिमिटेडले आजदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १ः०.५० को अनुपातमा हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गरेको हो ।

जसमा कम्पनीले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर, अर्थात् ३१ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो। हकप्रद सेयरमा आवेदन दिनको लागि अन्तिम म्याद साउन ११ गते तोकिएको छ।

कम्पनीले हकप्रद निष्काशनका लागि असार २ गते बुक क्लोज गरेकोले असार १ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र यस हकप्रदमा आवेदन दिन योग्य छन्। नेपाल धितोपत्र बोर्डले जेठ २ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

हकप्रद सेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours