०९ असार, काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोड रुपैयाँका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ५९ हजार ४७४सवारीसाधन आयात भएका हुन् । सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र १५ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
चालु आवको ११ महिनामा ५ अर्ब ७८ करोड रुपैयाँ मूल्यका ४४ हजार ४४० अनएसेम्वल्ड मोटरसाइकल आयातबाट ५ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छभने २ अर्ब ६३ करोड रुपैयाँका १ हजार ३०७ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् । त्यस्तै सोही अवधिमा १ अर्ब ८० करोड रुपैयाँका ८ सय ३९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन् ।
त्यसैगरी, चालु आवको ११ महिनामा १ अर्ब १६ करोड रुपैयाँ मूल्य पर्ने ५ हजार २२० ट्र्याक्टर तथा ट्रिलर आयात भएका छन् । सोही अवधिमा १ अर्ब दुई करोड रुपैयाँ मूल्यका ३ सय ७४ वटा बस, ६७ करोड रुपैयाँ मूल्यका १सय ३१ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् । सोही अवधिमा ६६ करोड रुपैयाँ मूल्यका २ सय ७६ वटा ट्रक, मिनीट्रक आयात भएका छन् ।
त्यस्तै, सोही अवधिमा ३९ करोड रुपैयाँ मूल्यका ४ हजार १६० वटा तयारी मोटरसाइकल आयात भएका छन्भने सोही अवधिमा १ अर्ब ८४ करोड २३ लाख रुपैयाँका सानाठूला २ हजार ३८५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । ती विद्युतीय सवारीसाधनको आयातबाट १ अर्ब ८४ करोड २७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । समग्रमा चालु आवको ११ महिनामा सवारीसाधन र तिनका पार्टपुजा आयातबाट १७ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।


+ There are no comments
Add yours