काठमाडौंका यी सात ठाउँबाट निस्कँदैछ राजावादीको जुलुस

१५ जेठ, काठमाडौँ । राजसंस्था पुनस्र्थापना पक्षधरले आजदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दैछन् । दिउँसो साढे २ बजे रत्नपार्कस्थित शान्तिवाटीकामा राप्रपा लगायत राजावादीहरुले प्रदर्शन गर्न लागेका हुन् । उनीहरुले राजसंस्थाको माग गर्दै गणतन्त्र दिवसकै दिनबाट अनिश्चितकालीन आन्दोलन थालेका हुन् ।

रत्नपार्कमा आयोजना गरिने जनप्रदर्शनअघि सात ठाउँबाट जुलुस निकालिने र सबैतिरबाट आएका ति शान्तिपूर्ण जुलुस दिउँसो दुई बजे रत्नपार्कमा मिसिने छ । जसमा मैतीदेवी, सिफल, नक्साल, नारायणचौर, त्रिपूरेश्वर, सुन्धारा र अर्को एक ठाउँबाट जुलुस निकालिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट निस्किने जुलुसको नेतृत्व गर्ने छन् । आजै बजेट भाषण भएकाले लिङदेन संसद पनि जानुपर्ने छ । उनी आन्दोलनमा सहभागी भइसकेर ३ बजे सम्भवतः संसद जाने छन् । राजावादीहरुले आजको जनप्रदर्शनका लागि कुनै पनि मञ्च बनाएका छैनन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours