मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री सहित ८ जना विरुद्ध मुद्दा दायर, ३ अर्ब बढी मागदाबी

०४ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार सहित ८ जना विरुद्ध मुद्धा दर्ता गरेको छ ।

आयोगले ३ अर्ब ४२ करोड ८७ लाख ३५ हजार ८४२ रुपैयाँ मागदाबी र सजाय सहित विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले आइतबार उनीसहित बागमती नगरपालिका सर्लाहीका तत्कालीन नगर प्रमुख भरत कुमार थापा, तत्कालीन उपप्रमुख लीला कुमारी मुक्तान, प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेल, तत्कालीन ईन्जिनियर निरन्जन लामीछाने, ईन्जिनियर सागर पौडेल,लेखा अधिकुत विश्रराज पोखरेल र प्रदेश अर्थ मन्त्रालयका तत्कालीन अधिकृत गोकुल भुजेल विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।

अख्तियारले सरकारी सम्पत्ति हानिनोक्सानी र वन क्षेत्र अतिक्रमण गरि गैरकानुनी उत्खनन् गरेर भौतिक पूर्वाधार निर्माण गरेको दाबी गरेको छ । यस्तै सरकारी रकमको दुरुपयोग गरेर माछा पोखरी लगायतका प्रयोग बिहीन निर्माण गरेको अख्तियारको दाबी छ ।

अख्तियारले तत्कालीन मन्त्री कुमारलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद र २९ करोड ९९ लाख ८६ हजार १३५ रुपैयाँ बिगो माग दाबी गरेको छ । यस्तै नगर प्रमुख थापा, उपप्रमुख मुक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलसँग समान ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ बिगो र सजाय गर्न मुद्दा दर्ता गरेको छ । यस्तै अर्थ मन्त्रालयका अधिकृत भजेललाई २९ करोड ९९ लाख ८६ हजार १३५ रुपैयाँ बिगो र सजाय, ईन्जिनियर लामीछानेलाई १० करोड १४ लाख ९५ हजार रुपैयाँ बिगो र सजाय माग दाबी गरको छ ।

यसैगरि ईन्जिनियर पौडेलसँग ४६ करोड ५६ लाख १२ हजार २९२ रुपैयाँ बिगो र सजाय र लेखा अधिकृत विश्रराज पौडेल विरुद्ध ५६ करोड ३ लाख ३४ हजार ४०४ रुपैयाँ बिगो र सजाय माग गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours