भारतीय सुन्तलाको मूल्य बढ्यो, किलोको कति ?

०२ जेठ, काठमाडौं । स्थानीय बजारमा भारतीय सुन्तलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले भारतीय सुन्तलाको मूल्य बढेको देखाएको हो ।

समितिको तथ्यांक अनुसार शुक्रबार कालीमाटी बजारमा भारतीय सुन्तलाको मूल्य थोकमा प्रतिकिलो अधिकतम १ सय ५० रुपैयाँ छ । औसतमा यसको मूल्य किलोको १ सय ३३ रुपैयाँ ३३ पैसा छ ।

हिजो बिहीबार भारतीय सुन्तला प्रतिकिलो अधिकतम १ सय ४० रुपैयाँ र औसत १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

गत वर्ष फागुनमा भारतीय सुन्तलाको भाउ प्रतिकिलो अधिकतम १ सय २० रुपैयाँ र औसतमा १ सय १७ रुपैयाँमा थियो ।

नेपाली सुन्तलाको सिजन सकिएपछि बजारमा भारतीय सुन्तला भित्रिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours