गभर्नर नियुक्ति प्रकरणः अधिकारीविरुद्धको मुद्धामा सर्वोच्चले दिएन अन्तरिम आदेश

३० वैशाख, काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको मुद्धामा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठन भएको समितिमा निवर्तमान गभर्नर अधिकारी सदस्य नियुक्त भएका थिए । तर उनको पूर्वगभर्नरको हैसियतमा नियुक्ति गैरकानुनी भएको दाबी गर्दै रिटट परेको थियो । आज न्यायाधीश विनोद शर्माको एकल इजलासले तत्काल अन्तरिम आदेश जारी नगरी कारण देखाउ आदेश जारी गरेको हो ।

अब यो मुद्दामा दुवै पक्षको बहस सुनेपछि सर्वोच्च अदालतले थप निर्णय गर्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours