भारतका ३२ विमानस्थल ५ दिनका लागि बन्द

२७ वैशाख, काठमाडौं । भारत–पाकिस्तान तनावको पृष्ठभूमिमा भारतको नागरिक उड्डयन महानिदेशालय (डीजीसीए) ले देशका उत्तर र पश्चिम भागमा पर्ने ३२ वटा विमानस्थलहरूबाट हुने नागरिक उडानहरूमा प्रतिबन्ध लगाएको छ।

यो प्रतिबन्ध १५ मे बिहान ५:२९ सम्म लागु हुनेछ ।

नागरिक उडान प्रतिबन्धित विमानस्थलहरूमा उधमपुर, अम्बाला, अमृतसर, अवन्तीपुरा, बठिण्डा, भुज, बिकानेर, चण्डीगढ, हलवारा, हिंडन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर, काण्डला, काँगडा (गग्गल), केशोद, किशनगढ, कुल्लू मनाली (भुन्तर), लेह, लुधियाना, मुन्द्रा, नालिया, पठानकोट, पटियाला, पोरबन्दर, राजकोट (हीरासर), सरसावा, शिमला, श्रीनगर, थोईस र उत्तरलाई हुन्।

एयर इण्डियाले सामाजिक सञ्जाल एक्समा दिएको जानकारीका अनुसार सरकारी निर्देशन अनुसार जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ़, भुज, जामनगर र राजकोटका लागि हुने उडानहरू १५ मे बिहान ५:२९ बजेसम्म रद्द गरिएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours