बुटवल पावरले न्यादी हाइड्रोपावरमा रहेको ३१ लाख कित्ता सेयर बिक्री गर्ने

२४ बैशाख, काठमाडौँ । बुटवल पावर कम्पनीले आफ्नो स्वामित्वमा रहेको न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ।

बुटवल पावरले सूचना जारी गर्दै न्यादी हाइड्रोपावरको सेयर बिक्री गर्न लागेको जानकारी गराएको हो।

विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणको जानकारीका लागि १५ दिनअगावै शेयर बिक्रीको सूचना प्रकाशित गर्नुपर्ने प्रावधान रहेको छ।

न्यादी हाइड्रोपावरमा रहेको १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता सेयर मध्ये ३१ लाख कित्ता सेयर बुटवल पावरले दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours