पहलगाम आक्रमणको १५ दिनपछि भारतले गर्‍यो पाकिस्तानमाथि आक्रमण, आठ पाकिस्तानी नागरिकको मृत्यु, ३५ जना घाइते 

२४ बैशाख, काठमाडाै । भारतले बुधबार राति पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका आतंकवादी दाबी गरिएका शिविरहरूमा आक्रमण गरेको छ । पहलगाम आक्रमणको १५ दिनपछि भारतले जवाफी कारबाही गरेको हो ।

पाकिस्तानी पत्रिका डनको रिपोर्ट अनुसार आक्रमणमा ३ सैनिकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

‘अपरेशन सिन्दूर’ नाम दिइएको उक्त कारबाहीमा भारतीय सेनाले कुल ९ स्थानहरूलाई लक्षित गरेको छ। यद्यपि, पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरिएको छैन ।

यता पाकिस्तानी सेनाको मिडिया शाखाका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले कोटली, बहावलपुर र मुजफ्फराबादमा मिसाइल आक्रमण गरेको दाबी गरेका छन्। उनले यसलाई कायरतापूर्ण आक्रमण भनेका छन्।

डनको रिपोर्ट अनुसार जनरल चौधरीले पाकिस्तानले यस आक्रमणको उचित जवाफ दिने बताएका छन् । २२ अप्रिलमा कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो। यसमा २६ पर्यटकको मृत्यु भएको थियो।

भारतले मंगलबार मध्यरातमा गरेको हवाई आक्रमणबाट पाकिस्तानमा आठ जनाको मृत्यु भएको छ । पाकिस्तान आर्मी इन्टर–सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्थाहरुले हालसम्म आठ जनाको मृत्यु र ३५ जना घाइते भएको जनाएका छन् ।

अपडेट:

मंगलबार राति भारतले पाकिस्तानले पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको जनाएको छ ।

भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours