ट्रायम्फको एपिक राइड सम्पन्न

२१ बैशाख,, काठमाडौँ । ट्रायम्फ नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘एपिक राइडः इकोज अफ दि लस्ट किङ्डम’ सम्पन्न गरेको छ । अप्रिल २० देखि २७ सम्म आयोजित उक्त रोमाञ्चक यात्रामा ४० ट्रायम्फ राइडर सहभागी थिए । कम्पनीका अनुसार हजार किलोमिटरभन्दा बढीको दूरी पार गर्दै राइडरले ट्रायम्फको स्पिड ४०० र स्क्र्याम्बलर ४०० एक्समा नेपालका विविध भू-भागमा यात्रा गरे । जसले ट्रायम्फ मोटरसाइकलको कठिन र उबडखाबड बाटोमा पनि उत्कृष्ट प्रदर्शन क्षमता प्रमाणित गर्‍यो । राइडले नेपालको सांस्कृतिक सम्पदा प्रवद्र्धन, स्थानीय व्यवसायलाई टेवा र दुईपांग्रे पर्यटनको बढ्दो सम्भावना उजागर गर्‍यो ।

पहिलो दिन राइडको सुरुवात ट्रायम्फ नेपाल शोरुमबाट भयो । बाइकर्स क्याफेबाट राइडरहरू मुग्लिन र हेम्जा हुँदै कुश्मा पुगेका थिए भने दोस्रो दिन देउराली र टिटी ताल घुम्दै बेलुकाको बास बस्न मार्फा पुगेका थिए । तेस्रो दिन जोमसोमनजिकको धुम्बाताल, लुब्रापास र निलगिरि भ्यु पोइन्ट हुँदै मुक्तिनाथ मन्दिरसम्मको यात्रा सम्पन्न भएको थियो ।

आठौं दिनको यात्रा गल्छी, विदुर, शिवपुरी हुँदै बाइकर्स क्याफेमा पुगेर आठ दिनको यात्रा सम्पन्न भएको कम्पनीले जनाएको छ । ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भन्नुभयो, ‘एपिक राइडः इकोज अफ दि लस्ट किङ्डम केवल एक मोटरसाइकल यात्रामात्र नभएर आजीवन बिर्सिनै नसकिने रोमाञ्चक यादहरू बने ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours