‘अञ्जिला’को ५१ दिन पुरा, आजसम्म कति कमायो ?

१९ वैशाख, काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ले शुक्रबार प्रदर्शनको ५१ दिन पुरा गरेको छ । २०८१ सालको यो सुपरहिट फिल्म अहिले पनि ४० भन्दा धेरै शोसहित प्रदर्शनरत छ ।

फिल्मले शुक्रबारसम्म सरकारको आधिकारिक बक्सअफिसमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित यो फिल्ममा एन्जिलासहित दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ ।

निर्माताले सशष्त्र प्रहरी बल (एपीएफ)को हलचोकमा ५१ दिनको कार्यक्रम आयोजना गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours