अकबरे खुर्सानी भयो सस्तो

१८ वैशाख, काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।

आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ४९ रुपैयाँले घटेको छ । बुधबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो ४ सय २६ रुपैयाँमा किनबेच भएको थियो ।

आज बिहीबार भने प्रतिकिलो ३ सय ७७ रुपैयाँमा किनबेच भइरहेको छ ।

गएको १५ चैतदेखि बजारमा अकबरे खुर्सानी आउन थालेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours