राप्रपा नेपालले प्रदर्शन गर्ने स्थान सार्‍यो

१५ वैशाख, काठमाडौं । राप्रपा नेपालले आज वैशाख १५ गते काठमाडौँमा गर्ने प्रदर्शनको स्थान सारेको छ।

यसअघि उसले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भनेको थियो।

तर राप्रपाले विज्ञप्ति जारी गरी अब कार्यक्रम रत्नपार्कको शान्तिवाटिकामा गर्ने जानकारी गराएको हो।

दिउँसो १:३० बजे प्रदर्शन सुरु गरिने राप्रपाले जनाएको छ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत रिहा गरिनुपर्ने मागसहित राप्रपा नेपालले प्रदर्शन गर्न लागेको हो।

मिश्रसँगै पक्राउ गरिएका राप्रपाका महामन्त्री धवल शमशेर राणा भने गत आइतबार उपचारका लागि भनेर हाजिरी जमानीमा रिहा भइसकेका छन्।

मिश्र, दुर्गा प्रसाईंलगायत भने हिरासतमै छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours