भटमास कोसा र कुरिलोको भाउ घट्यो

१४ वैशाख, काठमाडौं । बजारमा भटमास कोसा र कुरिलोको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले भाउ घटेको देखाएको हो ।

कालीमाटी बजारमा शनिबार भटमास कोसा प्रतिकिलो १ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज आइतबार भने भटमास कोसाको मूल्य किलोमा ७० रुपैयाँले घटेर १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै कुरिलोको प्रतिकिलो मूल्यमा १६ रुपैयाँको गिरावट आएको छ । शनिबार प्रतिकिलो ४ सय ६६ रुपैयाँमा कारोबार भएको कुरिलो आज ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours