०७ वैशाख, काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सवाधिक सद्भावना दुत नियुक्ति गरेको छ । आज कम्पनीका उच्च व्यवस्थापन तथा अभिकर्ताको उपस्थितिमा सुशिला रोकालाई ‘सरल सावधिक जीवन बीमा योजना’ को प्रडक्ट एम्बासडर (सद्भावनादुत) २०२५ घोषण गरेको हाे ।
रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरुबाट उत्कृष्ट व्यवसाय गरि ‘सरल सवाधिक जीवन बीमा’ योजना को सद्भावनादुत हुन सफल भएकी हुन् । कार्यक्रममा कम्पनीले उनको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ । यसले अभिकर्तामाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई कामगर्न प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान, दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरियसेवा दिने उद्देश्यमा निरन्तरता दिदैजाने बताए ।


+ There are no comments
Add yours