बैंकिङ्ग निक्षेप र कर्जा दुवै बढ्याे,सिडी रेसियो ७९ दशमलव ६३ प्रतिशत

०४ फागुन, काठमाडौं । पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन बढेको छ l केन्द्रीय बैंकको माघ २८ गते र २९ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा एक दिनमा ३ अर्बले बढेको छ । राष्ट्र बैंकको माघ २९ गतेको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६७ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

अघिल्लो दिन ६७ अर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । साे समयमा वाणिज्य बैंककाे निक्षेप संकलन पनि बढेको छ । माघ २८ गते ५९ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरूले भोलिपल्ट ५९ खर्ब ८८ अर्ब रुपैयाँ संकलन गरेका छन् ।

यस्तै, सो अवधिमा कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ । माघ २८ गते ५४ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब ३८ अर्ब रुपैयाँ रकम बराबरको कर्जा प्रवाह भएको छ ।

यस्तै, २८ गते ४८ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले भोलिपल्ट ४८ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ६३ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours