२१ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू) माथि ‘धेरै छिटो’ कर लगाउने चेतावनी छन्।
बीबीसीका अनुसार युरोपियन युनियनले अमेरिकाबाट फाइदा उठाएको ट्रम्पको आरोप छ ।
‘उनीहरूले हाम्रो गाडी लिँदैनन्, हाम्रा कृषि उत्पादनहरू खरिद गर्दैनन्, हाम्रो केही पनि लिँदैनन्’ ट्रम्पले भने, ‘तर, हामी उनीहरूबाट लाखौं गाडी, ठूलो परिमाणमा खाद्य सामग्री र कृषि उत्पादनहरू आयात गर्छौं।’
युरोपियन युनियनमाथि कर लगाउने समयसीमाबारे बीबीसीको प्रश्नमा ट्रम्पले भने ‘म समय तोक्न सक्दिन, तर यो धेरै चाँडै हुनेछ।’
राष्ट्रपति ट्रम्पले थपे, ‘विश्वका लगभग हरेक देशले अमेरिकालाई धोका दिएको छ। हामी प्रायः हरेक देशसँग व्यापार घाटामा छौं, अब यसलाई परिवर्तन गर्न लागेका छौं। यो ठिक होइन।’


+ There are no comments
Add yours