Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एमभी दुगडद्वारा पियाजियोेको अप्रिलिया एसएक्सआर १६० नेपालमा बिक्री सुरु

0 470

२४ फाल्गुन, काठमाडौं । पियाजियो र एमभी दुगड ग्रुपले अप्रिलिया एसएक्सआर १६० नेपालमा सार्वजानिक गरेको छ । अप्रिलिया नयाँ डिजाइन भाषाअन्तर्गत डिजाइन गरिएको पहिलो स्कुटर हो ।

बहुप्रतीक्षित प्रिमियम स्कुटर नेपालको सबै डिलरशिपमा चार लाख नौ हजार नौ सय रुपैयाँको आकर्षक प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ ।

अप्रिलिया सार्वजनिक कार्यक्रमको पियाजियो इण्डियाका अध्यक्ष र प्रबन्धनिर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल साथै एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले उद्घाटन गरे ।

Subscribe to our newsletter

अप्रिलिया एसएक्सआर १६०ले एप्रिलाको सबैभन्दा नयाँ ग्लोबल डिजाइन भाषा समावेश गरेको छ । एकल सिलिन्डर,४–स्ट्रोक, एयर–कुल्ड,३ भल्भ फ्युल इन्जेक्सन, कम कार्बन इमिसन इन्जिन टेक्नोलोजी लगाएको छ, जसले ७१ सय आरपीएममा ११ पीएसको पिक पावर उत्पादन गर्दछ । उत्तम सवारी अनुभव र उच्चस्तरको आराम प्रदान गर्न ठूलो, लामो, आरामदायी र एर्गोनोमिक सिटहरू रचना गरेको छ ।

सलक्क बडी ज्यामितीय रूपरेखा र उच्च शिल्प कौशलले एप्रिला एसएक्सआर १६० को गतिशील प्रीमियम अपील प्रतिविम्बित गर्दछ । स्कूटर १२ भोल्ट, ५.० एचएमएफ ब्याट्रीको साथ र ७ लिटर इन्धन क्षमताको साथ आउँछ ।

अप्रिलिया एसएक्सआर १६० ३ कोट एचडी बडी पेन्ट फिनिश, अप्रिलिया फिचर ग्राफिक्स , म्याट कालो डिजाइन सम्मिलित डार्क क्रोम एलिमेन्टस्को साथ उपलब्ध गराइएको छ । एलईडी टेक्नोलोजी ट्वीन्स क्रिस्टल हेड लाइट र आईलाईन पोजिसन लाइटको साथ मर्ज भएको फ्रन्ट इंडिकेटर व्लिङ्करले अद्वितीय प्रकाश सिर्जना गर्छ । डाईमण्ड रिफ्लेक्सन एलईडी टेललाईटको साथ एकीकृत रियर व्लिङ्कर भएको यस एप्रिला एसएक्सआर १६० ले नयाँ पुस्ताको आवश्यकता पूर्ति गर्दछ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.