२८ असार, काठमाडाैँ। फिफा विश्वकप-२०२६ अन्तर्गत आइतबार बिहान अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल गर्न सकेनन्।
उनको गोलविनै स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।
१ गोल पहिलो हाफमा गरेको अर्जेन्टिनाले २ गोल अतिरिक्त समयमा गर्यो। आजको खेलमा मेसीका धेरै प्रहार विफल भयो।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटेरो मार्टिनेजले गोल गरे। स्वीटजरल्यान्डका डान डोयोले गरेको गोल सान्त्वनाको रूपमा रह्यो।
आजको खेलमा गोल नगरे पनि जारी विश्वकपमा मेसीले ८ गोल गरिसकेका छन्।
विश्वकपमा‘गोल्डेन बुट’ (सुनको जुत्ता)को दाैडमा रहेका मेसी फ्रान्सेली कप्तान एम्बाप्पेभन् १ असिस्ट गोलले मात्रै पछि छन्।
विश्वकपमा खेलाडीहरूबीच व्यक्तिगत अवार्डको रुपमा रहने ‘गोल्डेन बुट’ (सुनको जुत्ता)को लागि पनि तिव्र प्रतिस्पर्धा हुन्छ। प्रतियोगितामा जुन खेलाडीले बढी गोल गर्छ, उसैले ‘गोल्डेन बुट’ हात पार्छ।
हेर्नुहोस् थप तस्बिर


+ There are no comments
Add yours