प्राविधिक समस्या देखाउँदै रोकियो कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम

०२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले भोलि (आइतबार)का लागि तय गरेको घोषणापत्र अर्थात् प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ ।

केही प्राविधिक समस्याका कारण भोलिका लागि तय गरिएको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसे ले जानकारी दिए । उनका अनुसार सार्वजनिक कार्यक्रमको नयाँ मिति छिट्टै घोषणा गरिनेछ ।

कांग्रेसले ६ गते मधेश प्रदेश मा चुनावी सभा गर्ने कार्यक्रम राखेको जनाएको छ । उक्त सभालाई लक्षित गरी पार्टीले चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको बताइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours