१० भदाै, काठमाडाैँ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चुनौतीपूर्ण लक्ष्य लिएको छ ।
आज बिहान भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रन जोडेको हो । नेपालका लागि आशिफ शेखले अर्धशतक प्रहार गरे । उनले ३९ बलमा ४ चौका र ५ छक्का प्रहार गरे ।
यसैगरी कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३६ रन, आरिफ शेखले १८ बलमा २४ रन तथा दीपेन्द्रसिंह ऐरीले १५ बलमा २१ रन जोडे ।
टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले एसीटीसँग खेलेको हो । एसीटीसँग २ खेल्ने नेपालले साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ ।


+ There are no comments
Add yours