धानबालीको बिमा गर्दै गाउँपालिका

०९ साउन, बागमती । मकवानपुरको मनहरी गाउँपालिकाले धानबालीको बिमा गर्न थालेको छ ।

बालीमा लाग्ने रोग कीराको प्रकोपलगायतका कारणले उत्पादन कम हुने र किसान मारमा पर्ने भएकाले धानबालीको बिमा गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।

अहिले धानबालीको याम भएकाले धानबालीको बिमा सुरु गरिएको र यामअनुसार सबै अन्नबाली र तरकारी बालीको बिमा गरिने अध्यक्ष कालाखेतीले बताए ।

वडा नम्बर ७ निवासी सेते जिम्बाको १९ कठ्ठा जग्गामा लगाइएको धानबालीको बिमा गरी बिमा कार्यक्रम सुरु गरिएको अध्यक्ष कालाखेतीले बताए । उनका अनुसार बाली बिमाका लागि गाउँपालिकाले शिखर इन्स्योरेन्ससँग सम्झौता गरी बिमा कार्यक्रमअघि बढाएको छ । सबै वडामा बाली बिमा गरिने योजना रहेको उनले बताए ।

बाली बिमा गर्दा कूल बीमाङ्क रकको ८० प्रतिशत गाउँपालिकामार्फत सङ्घीय सरकारले अनुदान दिने र २० प्रतिशत किसानले बेहोर्ने व्यवस्था छ । तर २० प्रतिशत रकमसमेत बुझाउन नसक्ने बिपन्न किसानको बीमाङ्क रकम गाउँपालिकाले भुक्तानी गरिदिने गरी बजेट विनियोजन गरिएको अध्यक्ष कालाखेतीले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours