Advertisement

गैरकानुनी आयात तथा बिक्रीलाई निरुत्साहन गर्न मोबाइल सेट दर्ता गराउने बढे

0 613

Advertisement

२४ असार, काठमाडौँ । सरकारले मोबाइल सेटको गैरकानुनी आयात तथा बिक्रीलाई निरुत्साहन गर्न साउनबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने तयारी गरेको छ । तर, धेरैलाई आफूले चलाइरहेको फोन सेट के हुने हो भन्दै अन्योलता बढेको छ ।

सेवाग्राहीले प्राधिकरणमा सम्पर्क गर्ने र दर्ता गराउने क्रम बढेपछि सिस्टममा समस्या आएको छ । अनावश्यक रुपमा दर्ता गराउनेको संख्या बढेपछि सिस्टममै अवरोध उत्पन्न भएको प्राधिकरणको जिकिर छ । यो प्रणाली पुन: सञ्‍चालनमा ल्याउन केही समय लाग्ने बताएको छ ।

दुरसञ्‍चार प्राधिकरणले यसअघि प्रयोगमा आइरहेका मोबाइल सेट दर्ता गर्नुनपर्ने बताएको छ । व्यक्तिगत तवरले आयात भइरहेको सेटको हकमा ग्राहकको दूरसञ्‍चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाएको प्राधिकरणले बताएको छ । अवरुद्ध आइएमइआइ दर्ता प्रणाली समय थप गर्ने उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.