राष्ट्रपतिबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, यस्ता छन् कार्यक्रम

१९ वैशाख, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

डिजिटल बैंक तथा ब्याड बैंकको स्थापना, बैंकहरुको खराब कर्जा व्यवस्थापन कम्पनीको स्थापना, नेपाल स्टक एक्स्चेञ्जको पुनरसंरचना तथा धितोपत्र बोर्डको सुदृढीकरण लगायतका कार्यक्रम अघि सारिएको राष्ट्रपति पौडेलले बताए ।
सवारी साधनहरुमा युरो ६ मापदण्ड लागू गर्ने, नीजि लगानी प्रवद्र्धनका लागि कर प्रणालीमा सुधार गर्ने, भौतिक पुर्वाधारका त्रुटीपूर्ण कार्यक्रमहरु खारेज गर्ने लगायतका विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।

यस्तै पेट्रोलियम पदार्थमा बायो इथानोल मिश्राण गर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनरसंरचना गर्ने लगायतका कार्यक्रम राष्ट्रपतिले सार्वजनिक गरेका हुन् ।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेपछि राष्ट्पति पौडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours