भु- माफिया काण्डः नक्कली पुर्जा बनाई जग्गा कुम्ल्याउने दाउ फेल, काे हुन् भु- माफियाका नाइके?

0 654

०४ चैत, काठमाडौं । लामाे समय देखि फरार प्रतिवादी वैदेशिक रोजगार मुद्दाका गुरुदत्त पौडेल नौ वर्षपछि पक्राउ परे। भने बैंकिङ कसुर संम्म मुद्दा पनि काएमै छ।

 ऋणीको घर जग्गा सस्तोमा लिने र बैंकमा अस्वाभाविक मूल्यमा धितो राखी बाउन्स चेक भिडाएर ठगी गर्दै आएका पौडेललाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार साँझ पक्राउ गरेको हो । घर जग्गा सम्बन्धी र चेक अनादरमा कयौं मुद्दा खेपेर फरारको सूचीमा रहेका पौडेल पक्राउ भने वैदेशिक रोजगार ठगी प्रकरणमा परेका छन् ।

पौडेलविरुद्ध परेको मुुद्दामा वैदेशिक रोजगार न्यायाधिकरण अध्यक्ष मिरा खड्का र सदस्यद्वय अग्निप्रसाद थपलिया र डा. रवि शर्मा अर्यालको सयुुक्त इजालासले वि.सं. २०६८ माघ १७ गते पौडेलविरुद्ध २५ हजार रुपैयाँ जरिवाना र एक वर्ष छ महिना कैद सजायको फैसला गरेको थियो ।

त्यस्तै अर्काे डर लाग्दाे घट्ना बाहिरियाे…
बेल्जियममा रहनुहुने म्याग्दी बरञ्जा–२ की मीना खड्काले चन्द्रागिरि थानकोट–५ स्थित आफ्नो नाममा रहेको एक रोपनी चार आना जग्गा बिक्री गर्ने सोच्नुभएको थिएन । भविष्यमा सोही जग्गामा घर बनाउने र बेल्जियमको बसाइ छोट्याएर स्वदेश फर्किने योजना उहाँको थियो ।

सोही योजनाअनुसार नेपाल आउँदा उहाँ एक पटक आफ्नो जग्गा हेर्न थानकोट पुग्नुहुन्थ्यो । यही क्रममा केही महिनाअघि जग्गा हेर्न पुग्दा सँगैका छिमेकीले ‘यो जग्गा त बिक्री भइसक्यो’ भन्दा उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । सुरुमा त विश्वास लागेन भन्दै उहाँले थप्नुभयो, “जग्गा दर्ता रेकर्डमा अर्काैको फोटो रहेको कुरा कलङ्की मालपोतमा पुगेपछि थाहा भयो । ”

सक्कली जग्गाधनी मीना खड्काको फोटो उप्काएर अर्की महिला (नक्कली मीना खड्का) सिन्धुपाल्चोक ठूलोधादिङ–७ की ४२ वर्षीया लक्ष्मी विकको फोटो टाँसिएको फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार मालपोतका कर्मचारीको मिलेमतोमा उक्त काम भएको हो ।

त्यति मात्र होइन, सो जग्गा पाँच जनालाई बिक्री गरिसकेको रहेछ । प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कलङ्की मालपोत कार्यालयका अधिकृत दीपक दाहाल, नायब सुब्बा नारायण श्रेष्ठ र खरिदार दीपा पङ्गेनीलगायत तीन कर्मचारी, एक जना लेखापढी र जग्गा दलाल नौ जना गरी १३ जनाको संलग्नता देखिएको बताउनुभयो ।

वास्तविक जग्गाधनी मीना खड्काको सट्टा नक्कली मीना खड्का (लक्ष्मी घतानी) खडा गरी भक्तपुर मध्यपुर थिमिका कृष्णगोपाल श्रेष्ठ, रत्नकेशरी श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, विजया लक्ष्मी श्रेष्ठ र काभ्रे धुलिखेलका कुमार दाहाल खत्रीलाई बैना बिक्री गरेको अवस्थामा जग्गा फेला परेको हो ।
प्रहरी उपरीक्षक बस्नेतले वास्तविक जग्गाधनीले समयमै सूचना दिएकाले घटनामा संलग्न सबै अभियुक्तलाई पक्राउ गर्न सफल भएको बताउनुभयो ।

प्रहरीले मालपोत अधिकृत दाहाल, नायब सुब्बा श्रेष्ठ र पङ्गेनीका अतिरिक्त जग्गा दलाली व्यवसाय सञ्चालन गर्दै आएका मुख्य योजनाकार रामचन्द्र पुडासैनी, रामबहादुर खड्का, पद्म भन्ने काभ्रे पनौतीका पुण्यप्रसाद काफ्ले, विष्णु–केशव भन्ने धादिङ नीलकण्ठ–५ बालप्रसाद भट्ट, इन्द्रबहादुर खत्री बताउने सङ्खुवासभा नुनढाकीका इन्द्रबहादुर घलेलाई पक्राउ गरेको छ ।

नक्कली जग्गाधनी भु- ङ्गाफियाहरु

  • बूढानीलकण्ठका ४७ वर्षीय विजयकुमार खड्का,
  • रामेछाप गेलुका बालकृष्ण बुढाथोकी,
  • नक्कली मीना खड्का बन्ने लक्ष्मी घतानी विक,
  • ओखलढुङ्गा खिजीदेम्बाका विजयप्रकाश सुनुवार,
  • कृष्ण भन्ने सिन्धुली कमलामाई–५ का कृष्णबहादुर दर्लामी,
  • झापा कचनकवलका कृष्णबहादुर कटुवाल पक्राउ,

लेखापढी व्यवसाय सञ्चालन गर्ने राजाराम थापा भने आज संम्म फरार छन् । प्रहरीका अनुसार घरजग्गा दलालीमा सक्रिय यो समूहका सदस्य रामचन्द्र पुडासैनी, रामबहादुर खड्का र पुण्यप्रसाद काफ्लेले यसअघि लीला श्रेष्ठ र सुवासचन्द्र रिजाललाई ठगी गरेको पाइएको छ ।

पेसेवर ठगका रूपमा परिचित यो समूहका सदस्यहरू यसअघि पनि ठगी मुद्दामा जेल सजायसँगै धरौटीमा छुटेका थिए । त्यस्तै इन्द्रबहादुर भन्ने इन्द्रबहादुर घले जग्गा किर्ते मुद्दामा पक्राउ परी २०६९ सालमा दुई वर्ष जेल सजाय कटाएर छुटेको, केशव भन्ने बालप्रसाद भट्ट ठगीमा पक्राउ परी छुटेको र विजयकुमार खड्का किर्ते मुद्दामा एक लाख धरौटी राखी छुटेका व्यक्ति हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.