Advertisement

वागमती प्रदेश स्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0 528

Advertisement

०१ चैत्र, काठमाडौं । वागमती प्रदेश स्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको आयोजना नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको हो ।

उक्त भेला तथा प्रशिक्षण नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा भएको छ ।

प्रशिक्षण कार्यक्रमा विहान १० बजेबाट सुरु भएको हो ।

वागमती प्रदेश स्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रममा महिला विभाग प्रमुख ईश्वरी न्याैपाने , तथा सचिव लक्ष्मी खतिवडा लगायत कांग्रेस निकट महिला नेता तथा कार्यकर्ताहरुको उपस्थित भएको आयोजकले जानकारी दियो । कार्यक्रमा ६० जना व्यक्त्तिहरु उपस्थित भएका थिए ।

नेपाली कांग्रेस केन्द्रीय महिला विभागद्वारा पार्टीको केन्द्रीय कार्यालयमा २०७७ फागुन २९ र चैत्र १ गते दुई दिनसम्म संचालित भएको हो ।

उक्त कार्यक्रमबाट वाग्मती प्रदेशस्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रमबाट जारी घोषणा–पत्र जारी गरेको छ । उक्त धोषणपत्रमा निम्न कुराहरु उल्लेख गरेको छ ।

१. सहानुभूतिको ठाँउमा मात्र नभई हिस्सेदारीको पनि समय भएकाले हरेक ठाँउमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भेलाबाट निर्णय गर्दै पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उप–सभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ ।


२. नेपाली कांग्रेस वडादेखि केन्द्रसम्मको सबै तहका समिति एवं संसदीय समितिमा एक तिहाई महिला पदाधिकारी अनिवार्य हुनुपर्ने यो भेलाले जोडदार माग गर्दछ ।


३. बढ्दो महिला हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरुमा संलग्न अपराधिहरुलाई कानूनको कठघरामा उभ्याउन नसक्नुले यस्ता अपराधिहरु राज्यबाट नै संरक्षित भएको स्पष्ट हुन आउँछ । यो सन्दर्भमा दण्डहिनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरावलोकनका साथै मौजुदा कानूनको कठोर कार्यान्वयनका लागि यो भेला जोडदार माग गर्दछ ।


४. बालिकाहरुलाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चिताका लागि विभाग जोडदार माग गर्दछ ।


५. महिलाको प्रजनन र प्रसुती स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भनिएता पनि पूर्ण रुपले हालसम्म कार्यान्वयन हुन नसकेको अवस्थामा तत्काल यसको सुनिश्चिता गर्न तथा वर्थिङ सेन्टरहरुलाई व्यवस्थित गरी मातृ शिशु मृत्यदर कम गर्नका लागि विभाग जोडदार माग गर्दछ ।

यि विषयहरुमा धोषणपत्र निकालिएको नेपाली कांग्रेस महिला विभागकी सचिव लक्ष्मी खतिवडा जानकारी दिएकी छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.