Advertisement

वर्तमान राजनैतिक संकट र त्यसको सामाधान” विषयक विचार गोष्ठी सम्पन्न

0 258

Advertisement

२० फागन, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय नेपाल तथा एशियायी अनुसन्धान केन्द्र (सिनास)को सेमिनार हलमा वर्तमान राजनैतिक संकट र त्यसको सामाधान” विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रमको आयोजनमा जनता समाजवादी पाट्टी निकट समाजवादी प्राध्यापक संघ केन्द्रिय समितिको आयोजनामा भएको हो ।

कार्यक्रको सभापतिमा समाजवादी प्राध्यापक संघ केन्द्रिय समितिको अध्यक्ष पवनकुमार झा उपस्थित भएका थिए । साथै अन्य प्रमूख अतिथिमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत
जसपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतका व्यत्तिहरु उपस्थित जनाएका थिए ।

कार्यक्रमा केन्द्रिय समितिको अध्यक्ष पवनकुमार झा -जती जालझेल गरेपनि धेरै नटिक्ने । सबै मिलेर स्थायित्व कायम गर्न तर्फ लाग्नु पर्ने कुरामा जोड दिएका छन् ।

साथै कांग्रेसका नेता प्रदीप पौडेलले विश्व विधालय केवल पढ्ने पढाउने स्थलमात्र नभई समस्याको समाधानको खोजीदायी गर्ने स्थल पनि हो । सत्ता निर्मम हुने र त्यस समयमा विवेकिहरुको प्रतिनिधित्व गर्ने केन्द्र र चेतनाको केन्द्र विन्दु भएकोले विश्वविधालयको भुमिका राज्यको स्थायित्वमा विशेष रुपमा हुन्छ भन्ने बताए ।

जब विधार्थिहरु मुखमा पट्टि बाधेर वस्छ न्याय मर्न थाल्छ अनि निर्ममता वढ्छ। हालको संविधान सर्वोत्कृष्ठ र चलायमान भएको छ । हालको अवस्था आउन केपिओलि मात्र जिम्मेवार नभई तपाईं हामी सबै जिम्मेवार छौ भने ।

उनले कार्यक्रमा बोल्दै मलाई दुख त नेकपाले कस्तोलाई संसद वनाएछ भन्ने दुख लागेको । केपि ओलिले लोकतन्त्रको धज्जि उडाएका छन् । नेकपाभित्र नैतिक मूल्य रहेछ भनेर उदाहरण देखाउनु पर्न । केपि ओलिले ल्याएका विधेयकको मनसाय नवुझि भागवण्डामा नेकपा रुमलिएको । नैतिकता र विवेक गुमेपछि जस्तो संविधान भएपनि केही नहुने । सत्तासंग जोडिएर शक्तिमा रुमलिन चाहने लोभि नेता सबैठाउमा हुने । राजनितिक दलहरुको फोहोर सफा गर्न जरुरि रहेको छ ।

अन्त्यमा उनले नेपाली कांग्रेस राजनीतिक फोहोर सोर्ने मजेत्रो वन्न नहुने । निर्वाचनमा जनताले धेरै ठुलो कार्यादेश दिएपनि जनताको अभिभारा नेकपाले पूरा गर्न नसकेको । राजतन्त्रको सिहाशन भन्दा प्रमको कुर्सी महत्वपूर्ण वनाउन खोजेको अरोप लगाए ।
जनतनको अपमान गरेको, व्यवस्थामाथि प्रहार भएको । सबै मिलेर अघि वढ्नुको विकल्प नभएको बताए ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले – हाल केपि ओलि प्रवृति अहंकारको प्रारुप रहेको भन्दै आलोचना गरेका छन् । उनले लोकतन्त्रको मियो पार्टिमा रहने विधी पद्धतीको आधारमा पार्टी चल्न जरुरि रहेको छ ।

शासकहरुको मुर्खताले व्यवस्थामा आच आउने गरेको र विश्वविधालयले आचण सुधार्ने काम गर्न भएकोले विश्वविधालयको भुमिका अहम् रहेको छ । उनले भने मैले विद्यार्थी जीवनबाट विधान वनाउने काम गर्दै संविधान वनाउने काममा लागेको बताका छन् ।

साथै‌ सर्वोच्च अदालतले ऐतिहाशिक निर्णयले नेपालको राजनीतिमा पुनर्जीवन पाएको छ । राजनीतिक संकट निवारणका लागि सबै एकिकृत भएर सरकार संचालन हुपर्ने तर केपि ओलि प्रवृत्तिको पुनरागमन नहोस् भन्नेमा जोड दिए ।साथै उनले केपिमा नैतिकता देखिएको छैन ।

नेकपा नेकपाको ११३ जना केन्द्रीय सदस्य लिएर केपि ओलि वहुमतमा छु भन्दै कुर्लि रहेको आरोप लगाएका छन् ।

नेकपाको ४४१ को केन्द्रीय सदस्यलाई ५५६ वनाएको ११ ९९ हुदै १५०१ नीति नियम विपरित केन्द्रीय सदस्यता वितरण गरेको आरोप लगाए । निर्वाचन आयोगले तुरुन्तै छिनोफानो गर्नु पर्नेमा जोड दिएका छन् ।

सुर्य चिन्ह भएको नेकपाको वहुमत नेपाल प्रचण्डको पक्षमा रहेको छ । हालको अवस्थामा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख हुनु पर्नेमा नेपाली कांग्रेसले वेवास्ता गरेको गुनासो राखेका छन् ।

अहिलेको निकाश भनेको केपोको वहिर्गमन हो । आफू पदका कुनै पदमा लागि लुप्त नभएको जानकारी दिएका छन् ।

तराईको विकासका लागि आफुले एकजना असल मान्छे खोजि रहेको । देशले राजनेता खोजि रहेको छ भने ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.