Advertisement

सहकारी विकास बोर्डद्वारा सीजी डेभलपर्सलाई दिएको जग्गाको लिज सम्झौता भंग

0 442

Advertisement

२९ फागुन, काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले सीजी डेभलपर्सलाई दिएको जग्गाको लिज सम्झौता भंग गरेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकस्थित बोर्ड कार्यालय परिसरमा रहेको १४ रोपनी जग्गा सस्तो मूल्यमा दिएको भन्दै विरोध भएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङेको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सीजीलाई ३० वर्षका लागि १४ रोपनी जग्गा लिजमा दिने सम्झौता भंग भएको हो ।

बोर्डले २०७१ साल माघ ४ गते सीजी डेभलपर्सलाई लिजमा दिएको थियो ।

सीजीले सम्झौता बमोजिम नक्सा पास नगरी जग्गा ओगटेरमात्रै राखेन, कबुल रकम पनि दिएन । ‘जसले हालसम्म बोर्डलाई करोडौं रकम घाटा भएको छ,’ बोर्डको निर्णयमा भनिएको छ । सम्झौताको पालना गर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि बोर्ड सम्झौता भंग गर्न बाध्य भएको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.