Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

फोर्डको इकोस्पोर्ट एसई सार्वजनिक

0 2,172

२९ फागुन, काठमाडौं । आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सले फोर्डको नयाँ संस्करण फोर्ड इकोस्पोर्ट एसई गाडी सार्वजनिक गरेको छ । जसको पेट्रोल भेरियन्टको मूल्य ४७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

फोर्ड इकोस्पोर्ट एसई नाम दिइएको यस नयाँ भेरियन्टमा डिजाइन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभ लिइएको छ । यसमा पछाडि राखिने जगेडा चक्का रहनेछैन ।

‘ग्राहकहरू धेरैभन्दा धेरै विश्वव्यापी डिजाइन बेन्चमार्कलाई पछ्याउँदै र भिन्न एवं अद्वितीय वस्तुको चाहना राख्छन्, जस्तो कि इकोस्पोर्ट’, फोर्ड इन्डियाका कार्यकारी निर्देशक विनय रैनाले भने, ‘फोर्ड इकोस्पोर्ट एसई आरामदायी हुनुको साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिङ्क–३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाइमा पु-याउनेछ ।’

Subscribe to our newsletter

नयाँ सुरुचिपूर्ण डिजाइन भएको टेलगेट, ड्युअ टोन पछाडिको बम्पर जसमा रहेको सिल्भर एप्लिकले यसको बनावटलाई झन आकर्षक बनाइएको छ ।

नयाँ सुरुचिपूर्ण डिजाइन र आकर्षक

यसले एसयूभी भेरियन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ । इकोस्पोर्ट एसईमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पन्चर मर्मत गर्न सकिने सुविधा प्रदान गर्नेे कम्पनीले जनाएको छ ।

टाइटानियम इकोस्पोर्टको यस विशेष संस्करणले उच्चतम प्रविधि र कनेक्टिभिटीको विरासतलाई अघि बढाउँदै फोर्डको प्रसिद्ध सिङ्क–३ सूचना र मनोरञ्जन प्रणालीलाई एप्पल कारप्ले र एन्ड्रोइड अटोसँग एकीकृत गरेको छ । नयाँ इकोस्पोर्ट एसईमा विश्वसनीय १.५ लिटर टीआईभीसीटी पेट्रोल इन्जिन राखिएको छ जसले यस सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पीएस पावर र १४९ एनएम टर्क उत्सर्जन गर्छ ।

डिजेल इन्जिन इकोस्पोर्ट एसईको छनोट गर्न चाहनेका लागि १.५ लिटर नेतृत्वदायी प्रदर्शन गर्ने टीडीसीआई उच्चस्तरीय डिजेल इन्जिनका साथ पनि यो गाडी उपलब्ध छ । जसले एक सय पीएस पावर र २१५ एनएम टर्क उत्सर्जन गर्छ । भारतीय अटो क्षेत्रको नेतृत्वदायी मिडिया अटोकार इन्डियाले २०२० को मर्मत रिपोर्टमा फोर्ड इकोस्पोर्ट मर्मत खर्चका हिसाबले एकदमै कम लागत भएको कारको सूचीमा राखेको थियो, जसलाई पनि यस गाडीको उपलब्धिको रुपमा लिन सकिने कम्पनीको दाबी छ ।

फोर्डले हालै २०२१ इकोस्पोर्ट लाइनअप प्रस्तुत गरेको थियो, जसमा चालक र यात्रुको उच्च सुरक्षाका लागि यसमा छवटासम्म एयरब्याग राखिएको छ । यस्तै एप्पल कारप्ले र एन्ड्रोइड अटो कम्प्याटिबिलिटीलाई सिङ्क–३ सूचना प्रविधिसँग जडान गरिएको छ, जुन एसई सेग्मेन्टकै उत्कृष्ट हो । ९ इन्चको टचस्क्रिन, इन्फोटेन्मेन्ट प्रणाली, माथिल्लो भेरियन्टमा सनरुफ समावेश गरिएको, चालक सहायता सुविधासँग सम्बन्धित स्वचालित एचआईडी हेडल्याम्प, इलेक्ट्रोकोमिक सिसा, वर्षाको समयमा सेन्सर वाइपरलगायत अन्य अतुलनीय सहज विशेषताहरु यसमा समावेश गरिएको कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.