Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ब्राजिलमा एकैदिन झन्डै ८६ हजार संक्रमित

0 398

२९ फागुन, रियो दि जेनेरियो । ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिन झन्डै ८६ हजारजना संक्रमित भएका छन् । यो संख्या एकैदिनमा धेरै संक्रमित भएकोमध्ये दोस्रो धेरै भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार शुक्रबार ब्राजिलमा ८५ हजार ६६३ जना संक्रमित भएका हुन् । यसअघि, गत जनवरी ७ मा एकैदिनमा ८७ हजार ८४३ जना संक्रमित भएका थिए ।

ब्राजिलमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड १३ लाख ६३ हजार ३८० जना संक्रमित भएका छन् ।

Subscribe to our newsletter

त्यसैगरी, पछिल्लो २४ घण्टामा ब्राजिलमा दुई हजार २१६ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या दुई लाख ७५ हजार १०५ पुगेको छ ।

ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुको विस्तारै प्रगति भए पनि मृत्यु हुनेको संख्या भने अझै घटेको छैन । ब्राजिल कोरोनाभाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेकोे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोरोनाभाइरसको संक्रमणको कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ ।

सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ब्राजिलका २७ वटा प्रान्तीय राजधानीमा २५ वटा राजधानी सहरका स्वास्थ्य संस्थाका आकस्मिककक्ष ८० प्रतिशतभन्दा बढी भरिएका छन् ।

कोभिड–१९ विरूद्धको उपचार तथा अन्य प्रक्रिया २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो । तर पनि सन् २०२१ को पहिलो आधाआधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो । रासस/सिन्ह्वा



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.