भिटामिन महिलाहरुको लागि अतिआवश्यक

0 523

२८ फागुन, एजेन्सी । मानिसलाई स्वास्थ्यको लागि भिटामिन र पोषणतत्व आवश्यक हुन्छ। केहि मानिस डाइटको र फुडको माध्यमबाट भिटामिन खाने गर्छन र केहि अन्य तरिकाबाट लिने गर्छन। भिटामिनको प्रयोग जरुरी छ र यसलाई वेवास्ता गर्न मिल्दैन।

महिला हो वा पुरुष, हरेक मानिसमा पोषणको आवश्यकता फरक-फरक हुन्छ। महिलाको लागि एक उमेरमा भिटामिनको जरुरत बढी हुन्छ। पुरुषको तुलनामा महिलालाई बढी मात्रामा पोषण चाहिने गर्छ। पोषणको जरूरत कुनै पनि महिलाको जिन्दगीको फरक-फरक अवस्थामा परिवर्तन भैरहने गर्छ। महिलाको जीवनमा पटक-पटक परिवर्तनहरु आउँछन।

एक महिलाको लागि सबै प्रकारको पोषणयुक्त खानेकुरा र विविध आहार एकदम महत्त्वपूर्ण छ। एक महिला आफ्नो जीवनको विभिन्न चरणहरू जस्तै यौवन, मासिक धर्म, गर्भावस्था, प्रसूतिजस्तो प्रकियाबाट गुजिरिनुपर्छ। जसको लागि उसलाई थप भिटामिन सेवन चाहिन्छ। कुनै पनि चरणमा, स्वस्थ र गतिशील राख्न भिटामिनहरूको एक विशिष्ट समूह आवश्यक हुन्छ। गर्भवती महिलालाई अन्य महिलाहरूको तुलनामा भिटामिनहरूको विभिन्न प्रकारको आवश्यक पर्दछ।

जीवनमा यी परिवर्तनहरूका लागि, महिलालाई उचित हेरचाह र स्वस्थ आहार चाहिन्छ, जसले शरीरको लागि सबै आवश्यक पोषण प्राप्त गर्न सक्दछ।

यी भिटामिन महिलाको लागि जरुरी भिटामिन बी ‘१२’
यो एक महत्वपूर्ण भिटामिन हो। जुन तपाईको भोजनलाई गुलकोजमा बदल्ने काम गर्छ र शरीरमा उर्जा पैदा गर्न मद्दत मिल्छ। एक महिलालाई आफ्नो शरीरको लागि निकै उर्जा चाहिन्छ। यसको लागि योखास भिटामिनको आवश्यकता पर्छ। यसले तपाईको मेटाबोलिज्म बढाउँछ र तपाईलाई स्वस्थ र गतिशील राख्छ।

फोलिक एसिड
यदि कुनै महिला गर्भवती हुने सोचमा छिन् वा गर्भवती छिन् भने फोलिक एसिडको सेवन उनको लागि आवश्यक छ। यो गर्भवती महिलाको लागि धेरै महत्त्वपूर्ण छ। यसले न्यूरोलोजिकल समस्याहरू र कुनै पनि अन्य दीर्घकालीन रोगको जोखिम कम गर्दछ। यो भिटामिन महिला र उनको बच्चाका लागि धेरै स्वस्थ हुन्छ।

भिटामिन ‘के’
पुरुषको तुलनामा बढी महिलाहरूको हृदयघात र अन्य हृदय रोगको कारण मृत्यु हुन्छ। भिटामिन के ले हृदय सम्बन्धि रोगहरूको जोखिम कम गर्दछ र मुटु स्वस्थ राख्छ। त्यसकारण हरेक महिलाले आफ्नो आहारमा भिटामिन के समावेश गर्नुपर्दछ। यसले हड्डीको शक्ति बढाउछ र रक्त संचार पनि सजिलो बनाउँछ।

भिटामिन डी
भिटामिन डी सबैभन्दा महत्त्वपूर्ण भिटामिनहरू मध्ये एक हो। यसले तपाईंको प्रतिरक्षा प्रणालीलाई बृद्धि गर्दछ र सुरक्षा दिन्छ। यसबाहेक यसले तपाइलाई शारीरिक र मानसिक रूपमा पनि बलियो बनाउँछ। धेरै महिलाहरु भिटामिन डीको कमीको सामना गरिरहेका छन्। भिटामिन डीको अभावले हृदय रोग, क्यान्सर, मधुमेह र दमको जोखिम पनि बढाउन सक्छ। स्वस्थ हुन, महिलाले दिनहुँ अधिक भिटामिन डी सेवन गर्नुपर्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.