Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान सहित प्रकाउ

0 467

२६ फागुन, कञ्चनपुर ।
कृष्णपुर नगरपालिका-९ पिपरीया बस्ने २५ वर्षीय संजय रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।


रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले रानाको खुद्रा पसल जाँच गर्दा उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।

साथै उनको पसलबाट १ थान फलामको कैची, १ हजार दरको नेपाली नोटको साइज नाप्ने फलामको पाताबाट बनेको १ थान साँचो, १ थान गम, १ सय ५० थान फोटोकपी पेपर, १ थान रङ्गिन फोटोकपी मेसिन, १ थान डेस्कटप कम्प्युटर र १ हजार रुपैयाँ सक्कली नेपाली नोट १ थान प्रहरीले बरामद गरेको छ ।

Subscribe to our newsletter


यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.