सुनचाँदीको मूल्यमा बृद्धी
२६ फागुन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य उतारचढाव कायम रहेको छ ।
आज बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी महासंघले जनाए अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
अघिल्लो कारोबार दिन सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको थियो ।
सोमबार भने सुन आजकै मूल्यमा किनबेच भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि उकालो लागेको छ ।
यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार हुँदैछ ।
मंगलबार भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले ओरालो लागेर एक हजार २५५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।